शुक्रबार, वैशाख १४, २०८१

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ : प्रम ओली

नेपालखोज २०७७ कार्तिक २ गते २०:५४

काठमाडौं । धानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् ।

‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रक्षामन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले भने, “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्वका हुन्छन् । सेनाले सम्पन्न गरेका सबै कार्य राष्ट्रिय उपलब्धि हुन् ।”कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबानजस्ता विपद्मा सेनाले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पु¥याएको सहयोगको प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टिन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको उनले बताए ।

कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।”

कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उनले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको औँल्याएका छन् ।

प्रतिक्रिया