शुक्रबार, वैशाख १४, २०८१

सोमबार ३ हजार ७९० कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

नेपालखोज २०७७ कार्तिक ३ गते १६:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरिएको कोरोना परिक्षणमा सोमबार ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार सो अबधिमा २ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।भने, हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५ सय ०१ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको प्रवक्ता डा‍. गौतमले बताए ।

प्रतिक्रिया