शुक्रबार, चैत १६, २०८०

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ कार्तिक ३ गते १७:०१

काठमाडौं । काठमाडौंमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका ७ रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेज बहादुर रोक्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रोक्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरीमा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ सुन्दरहरैंचा नगरपालिका ४ बस्ने २४ वर्षीय तिर्थ बहादुर पौडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती किशोरीलाई ललाई फकाई बिबाह गर्ने आश्वासन देखाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकमा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौतरा साँगाचोकगढी नगरपालिका ५ बस्ने जुगल गाउँपालिका-१ घर भएका २० वर्षीय दिपेन्द्र मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया