तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
नेपालखोज
२०७७ कार्तिक ३ गते १७:३३
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-३ निलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ४ सय ५० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया