शुक्रबार, वैशाख १४, २०८१

अनलाइन मार्फत आइपीएलको सट्टेबाजी खेल खेलाउने पक्राउ

नेपालखोज २०७७ कार्तिक ३ गते १८:०२

मोरङ । युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को अनलाइन मार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मंजित साह, सोही महानगरपालिका १५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् ।

पुरुषोत्तमको घरमा आइपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र को.१८ प ६८८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया