शुक्रबार, चैत १६, २०८०

प्रिमियर लिग : वुल्भ्स १–० गोलले विजयी

नेपालखोज २०७७ कार्तिक ४ गते ७:२७

एजेन्सी । प्रिमियर लिग फुटबलमा वुल्भ्स विजयी भएको छ । सोमबार राति लिड्स युनाइटेडको घेरलु मैदानमा भएको खेलमा वुल्भ्स १–० गोलले विजयी भएको हो । पहिलो हाफ गोलरहित बारबरीमा सकिएको खेलको दोस्रो हाफमा वुल्भ्सले गोल गर्दै लिड्सविरुद्ध साँघुरो जित निकालेको हो ।

पाहुना टोली वुल्भ्सको जितका लागि खेलको एक मात्र निर्णायक गोल राउल जिमेनेजले गरेका थिए । खेलको ७० औं मिनेटमा म्याक्स किलमनको पासमा जिमेनेजले गोल गर्दै पाहुना टोली वुल्भ्सलाई जित दिलाएका हुन् । यसअघि खेलको ५४ औं मिनेटमा रोमैन सइसले गोल गरेका थिए । उनले प्रहार गरेको सशक्त प्रहार लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो ।

तर, रेफ्रीले भीआरको सहायताबाट अफआइड दिएपछि गोलले मान्यता पाएन । सइसको गोलले मान्यता नपाएपछि वुल्भ्स खेलमा अग्रता लिनबाट चुकेको थियो । जितसँगै वुल्भ्सले प्रिमियर लिग फुटबलका सुरुवाती पाँच खेल मध्ये तीन खेलमा जित र दुई खेल गुमाएको छ । पाँच खेल खेलेको वुल्भ्सले ९ अंक जोड्दै तालिकाको छैठौं स्थानमा रहेको छ ।

यता पराजित नव प्रवेशी क्लब लिड्स समान खेलबाट ७ अंक जोड्दै तालिकाको १० औं स्थानमा छ ।

प्रतिक्रिया