शुक्रबार, वैशाख ७, २०८१

चाइल्ड नेपालको १६औं वार्षिक साधारणसभामा बालअधिकार अभियानलाई निरन्तरतामा जोड

नेपालखोज २०७७ कार्तिक ४ गते ७:३७

काठमाडौं । चाइल्ड नेपालको १६औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण एक कार्यक्रम बीच राष्ट्रिय मानवअधिकार समितिका पूर्व अध्यक्ष श्री अनुपराज शर्माको प्रमुख आतिथ्यमा हालै सम्पन्न भयो ।

कार्यक्रममा आ।व। २०७६/७७ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देशकले संस्थाबाट भएका राष्ट्रिय र स्थानीय तहमा भएका सकारात्मक परिवर्तनहरु, चुनौतीहरु र भावी योजनाको प्रस्तुति गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले समग्र बालअधिकारको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै चाइल्ड नेपालले यसको नेतृत्व गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री मीनबहादुर शाहीले राष्ट्रिय योजनाको निर्माणमा नागरिक समाजको विशेष भूमिका रहने बताए । साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव श्री बुद्धबहादुर गुरुडले नेपाल सरकारसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालनका लागि जोड दिए ।

कार्यक्रममा अधिकारकर्मीहरु तारक धिताल, कृष्णचन्द्र आचार्य, सुदर्शन सिग्देल, हिरा दाहाल, किरण थापा, बेनुमाया गुरुड, रविन नेपालीलगायतले आफ्नो मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष कृष्ण सुवेदीले आगामी दिनमा संस्थाले सबै तहका सरकारहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्दै बालअधिकार अभियानलाई निरन्तरता दिने विषयमा जोड दिए ।

प्रतिक्रिया