बिहीबार, चैत १५, २०८०

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को सदस्यमा सेन्टर फर साइबर सेक्यूरिटी

नेपालखोज २०७७ कार्तिक ४ गते १२:००

काठमाडौं । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौं वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा निर्वाचित भएको छ । क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौं वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) ले अक्टोबर, २०२० को आफ्नो आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को सदस्यमा हाल ४६ वटा देशहरुको ६० वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौं वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष मिलन राज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गरेका थिए । साथै, उक्त कार्यका लागि सिएसराआईका अध्यक्ष प्रा. डा. सुवर्ण शाक्य निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव ई.शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया