बिहीबार, वैशाख १३, २०८१

मंगलबार दोस्रो घण्टामा ७.४९ अंक बढ्यो बजार, कारोबार रकम ४९ करोड भन्दा बढी

नेपालखोज २०७७ कार्तिक ४ गते १४:०१

काठमाडौं । मंगलबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ७ दशमलव ४९ अंक बढेर १ हजार ५७७ दशमलव ८७ विन्दुमा पुगेको छ । यो दिन बढीरहेको बजारमा दोस्रो घण्टाको अवधिसम्म ४९ करोड ९ लाख ४९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म यो रकम बराबरको २० लाख ७१ हजार ७६२ कित्ता शेयर कारोबार भएको हो ।

दोस्रो घण्टा सम्ममा सर्वाधिक रकमको अपि पावर कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । यस कम्पनीको दोस्रो घण्टामा ४ करोड ५ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । मंगलबार दोस्रो घण्टाको कारोबार अवधिसम्म १२ समूहकै परिसूचक बढेको छ । यो अवधिसम्म म्युचुअल फण्डको परिसूचक सर्वाधिक शून्य दशमलव ६८ प्रतिशतले बढेको छ । यस अवधिमा जनरल इन्स्योरेन्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यी मध्य पनि जनरल इन्स्योरेन्सको सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले शेयरमूल्य बढेको हो ।

प्रतिक्रिया