शुक्रबार, चैत १६, २०८०

फोन गर्नुछ भन्दै महिलाहरुसँग मोबाईल माग्दै लुटपाट गर्ने दुई व्यक्ति पक्राउ

नेपालखोज २०७७ कार्तिक ४ गते १७:३१

काठमाडौं । मोबाईल लुुटपाट कार्यमा संलग्न दुुई व्यक्तिहरु पक्राउ परेका छन् । महानगरी प्रहरी परिसर काठमाडौंका अनुसार लुटपाट कार्यमा संलग्न काठमाडौं महानगरपलिका १५ स्वम्भु घर भई रानिवन कोठा लिई बस्ने वर्ष ३४ बर्षिय इम्तियाज उद्दिन र स्वम्भुु घर भएका ३४ बर्षिय सुलभ श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट तीन वटा मोवाईल र एक थान स्कटुुर बरामद गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार यही असोज १३ गते देखि नै काठमाडौको विभिन्न स्थानमा स्कुटी प्रयोग गरी जरुरी फोन गर्नु छ भनि मोबाईल लुटी फरार हुने सूचना प्राप्त भएको थियो । प्राय जसो एकान्त स्थान पारी महिलाहरुसँग फोन मागी प्रयोग गर्न लागेको जस्तो गरी मोबाईल लुटी फरार भएको भनि पिडतहरुले मेट्रो कन्ट्रोल तथा सम्वन्धीत नजिकको प्रहरी कार्यालयमा उजुरी दिएका थिए, प्रवक्ता राठौरले भने ।

विभिन्न मितिमा सोहि प्रकृतिको घटना पुनवारम्वार देखीएकोले सबै वृत्त तथा प्रभागहरुमा हुलिया परिपत्र गरी खोज तलास गर्ने क्रममा कात्र्तिक तीन गते सोमबार विहान बालुवाटरमा शंकित व्यक्ति स्कुटर सहित देखिएको हुनाले निज व्यक्ति पछुवा गर्दा स्कुटर छोडी फरार भएको हुँदा तत्काल निजलाई खोजतलास गर्ने क्रममा खुशिवुँ नयाँ बजारमा नियन्त्रण लिई कानूनी प्रकृया अगाडी वढाईएको प्रवक्ता राठौरले जानकारी दिएका छन् ।

प्रतिक्रिया