शुक्रबार, वैशाख १४, २०८१

आईपीएल २०२० : दिल्ली पन्जाबसँग ५ विकेटले पराजित

नेपालखोज २०७७ कार्तिक ५ गते ७:१७

एजेन्सी । आईपीएलमा किङ्स इलाभेन पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

गए राति भएको खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए । जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितसँगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले भने १० खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा यथावत राखेको छ ।

प्रतिक्रिया