शुक्रबार, चैत १६, २०८०

आगामी तीन दिनको मौसम कस्तो छ ?

नेपालखोज २०७७ कार्तिक ५ गते ७:३६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तिन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेका छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

प्रदेश १ र बागमतीका एकरदुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

प्रतिक्रिया