बुधबार, चैत १५, २०७९

स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै

नेपालखोज २०७७ कार्तिक ५ गते ८:३२

काठमाडौं । नेपालीहरुकोे महान पर्व बडाशशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन ।

घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ‌ं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना गर्ने गरिन्छ ।

दशैको अवसरमा देशभरका देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ गर्नेको भिड लाग्ने गरेको छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण शक्तिपीठहरु बन्द गरिएको छ ।

प्रतिक्रिया