बिहीबार, वैशाख १३, २०८१

एनआईबिएल एस क्यापिटलको आठौं बार्षिक साधारण सभा सम्पन्न, २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण

नेपालखोज २०७७ कार्तिक ५ गते १६:२४

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुुधबार क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूंजीको २२ दशमलव २२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरु दिपककुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराईको समेत उपस्थिती रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षकतथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा सम्पन्न भएको छ ।

प्रतिक्रिया