मंगलबार, वैशाख ११, २०८१

दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन

नेपालखोज २०७७ कार्तिक ५ गते १९:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गरेकी छन् ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिएकी छन् । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य विभिन्न मन्त्रीहरुको सहभागिता थियो ।

विद्यालय उद्घाटन तथा हस्तान्तरण गर्न एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने चिनिया कम्पनी सांघाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेकी छन् ।

त्यसपछि उक्त साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेकी थिइन् । चिनियाँ सरकारको ८५ करोड रुपैयाँको सहयोगमा निर्माण भएको भव्य भवन चार तले छ । साढे९रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् ।

प्रतिक्रिया