शुक्रबार, चैत १६, २०८०

नबिल बैंकका अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण

नेपालखोज २०७७ कार्तिक ५ गते २१:४६

काठमाडौं । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन । नवनियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुुन ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति रहेको थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुुन ।

प्रतिक्रिया