बुधबार, वैशाख १२, २०८१

बिहिबारबाट राष्ट्र बैंकले ल्यायो २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा

नेपालखोज २०७७ कार्तिक ६ गते १३:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको नयाँ नेपाली नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार आज बिहिबारबाट साविककै आकार, रंग र बाह्सिंगेको चित्र रहेको २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याईएको हो ।

नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको, नोटमा गर्भनरको दस्तखत रहने स्थानमा तत्कालीन गर्भनर डा. चिरञ्जीवी नेपालको दस्तखत रहेको र नोटकको तल्लो भागको बोर्डरमा सेरिज नम्बर नेपालीमा वि.सं २०७६ लेखिएको छ ।

यसैगरी नोटको पृष्ठ भाग अन्र्तगत नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्ये भागमा बाह्सिंगेको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज ट्वान्टी लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंगे्रजीमा २०२० ए.डी लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया