शुक्रबार, वैशाख ७, २०८१

११ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका २५ वर्षीय राजबंशी पक्राउ

नेपालखोज २०७७ कार्तिक ६ गते १३:५१

काठमाडौं । झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका २ लालमाटी बस्ने २५ वर्षीय रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अनुसार ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

धनुषामा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका १३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिरहामा पनि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका ३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया