शुक्रबार, वैशाख १४, २०८१

मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री श्रेष्ठ

नेपालखोज २०७७ कार्तिक ६ गते २०:५३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि ठोस योजना ल्याएर नमूनायोग्य काम गर्ने बताए ।

नवनियुक्त मन्त्री श्रेष्ठले आज सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित बधाई कार्यक्रममा महिला बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने महत्पुर्ण अवसर पाएको उल्लेख गर्दै मन्त्रालयलाई नमूना मन्त्रालय बनाउन अहोरात्र काम गर्ने प्रतिबद्धता व्ययक्त गरे ।

वृद्धभत्तालाई वृद्धि गरी पाँच हजार पु¥याउने योजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अन्य मन्त्रालयसँग समेत समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समेत काम गर्ने जनाए । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री श्रेष्ठले जिल्लाको सडक सञ्जाल विस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन, आवास कार्यक्रमलाई तीव्र रुपले अगाडि बढाउँदै आमूल परिवर्तन गराउने पनि उल्लेख गरे ।

गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहलगायतले मन्त्री श्रेष्ठलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया