बिहीबार, वैशाख १३, २०८१

बाइडेनलाई भोट दिन ओबामाको आह्वान

नेपालखोज २०७७ कार्तिक ६ गते २१:२४

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गर्नुभएको छ । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अव बिदा गर्नु पर्नेमा जोड दिए ।

पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउन समेत सवैलाई अपिल गरेका छन् । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन् ।

बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उहाँहरुलाई जिताउनु पर्छ ।” उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरु समक्ष गरेका छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन् ।

मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तिव्र भएका छन् भने सभा तथा ¥यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक ¥यालीलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरी खेर फाल्न नहुने टिप्प्णी गरेका छन् ।

राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनिकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ हुदै पनि नगरेको उनको भनाई थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासीला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेबार हुन नसकेको पनि ओबामाले आरोप लगाएका छन् ।

प्रतिक्रिया