शुक्रबार, वैशाख १४, २०८१

कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय

नेपालखोज २०७७ कार्तिक ७ गते १४:३५

जुम्ला । कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको हो । आज मुख्यमन्त्री पक्षका बहुमत सांसदहरुको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

यो बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरू सहभागी भएनन् । प्रस्ताव दर्ताका लागि हस्ताक्षर गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले साथ दिएपछि मुख्यमन्त्रीको पक्षमा बहुमत जुटेको हो ।

नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए ।

प्रतिक्रिया