शनिबार, वैशाख २२, २०८१

कोरोना अपडेट : २४ घण्टामा थप २ हजार ६ सय ६८ जना संक्रमण मुक्त

नेपालखोज २०७७ कार्तिक ७ गते १६:४४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ । यो सँगै नेपालमा एक लाख ५ हजार ४ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन ।

विगत २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
आज देशभर ४६ हजार ६९१ संक्रिय संक्रमित रहेका छन् । यसैवीच कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ८२९ पुगेको छ ।

प्रतिक्रिया