शनिबार, वैशाख ८, २०८१

अपराध रोक्न कानूनी साक्षरता : मन्त्री तुम्बाहाङ्फे

नेपालखोज २०७७ कार्तिक ७ गते १९:२९

तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताए ।

दशैं मनाउन जन्मघर पुगेकी मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिइन् ।

उनका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छ । उनले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताए ।

प्रतिक्रिया