शुक्रबार, वैशाख १४, २०८१

कोरोनाबाट जोगिएर दसैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपालखोज २०७७ कार्तिक ८ गते ९:२०

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैँ मनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दसैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् ।

दसैँका नाममा जताततै भिड गर्ने, हुल बाँधेर रमाइलो गर्नेजस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरेका छन् । उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन् ।

मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया