शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा आज थपिए १११० कोरोना संक्रमित

नेपालखोज २०७७ कार्तिक ८ गते १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला र ६८१ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा दुई हजार ५३३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा दुई हजार ७२० कोरोना भाइरस संक्रमित थपिएका थिए । बिहीबार काठमाडौंमा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी एक हजार ५५२ कोरोना संक्रमित थपिएका थिए ।

बुधबार काठमाडौंमा दुई हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी तीन हजार २०७ कोरोना संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी एक हजार ७०२ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया