शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : नेपालमा १ लाख ८ हजार बढी संक्रमण मुक्त

नेपालखोज २०७७ कार्तिक ८ गते १७:०१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

उनिहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ ।

त्यस्तै २४ घण्टामा देशभर देशभरका १३ हजार ४६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २२५ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं उपत्यकाका ११ सय १० जना रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

त्यस्तै, देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरसबाट सक्रिय ३०७ जना बिरामीलाई आईसीयूमा राखिएको छ । ४६ हजार ५७ जना सक्रिय संक्रमित रहेकोमा ३०७ जनालाई उपचारका लागि आईसीयूमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ७० जनालाई भेन्टिलेटरमा राखिएको छ । मन्त्रालयका अनुसार ३२ हजार ८७३ संक्रमितहरु होम आइसोलेसनमा छन ।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया