शुक्रबार, वैशाख १४, २०८१

पन्ड्स नेपालद्धारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सुरुवात

नेपालखोज २०७७ कार्तिक ८ गते १९:०३

काठमाडौं । पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सुरुवात गरेको छ । नेपालीहरुको महान चाड बडा दशैं सुरु भए सँगै सबै नेपालीहरुमा हर्षोउल्लास छाएको भन्दै पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सुरुवात गरेको जानकारी दिएको छ ।

पण्ड्स नेपालले महान चाड बडा दशैं मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पण्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ र सो फोटोहरु प्राप्त भएपश्चात प्रतियोगीहरुको सहमतिसंग पण्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ ।

साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो शेयर गर्नु पर्ने छ । अपलोड भएका फोटोहरु मध्ये ५ सहभागीहरुलाई छनौट गरी लक्की ड्र मार्फत यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ ।

बिजेताहरुले उपहार स्वरुप पण्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । पन्ड्स नेपालद्धारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिता कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया