शुक्रबार, चैत १६, २०८०

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

नेपालखोज २०७७ कार्तिक ८ गते १९:४९

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग गरेको छ ।

बैकले आज बिहिबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सो रकम बैंकको हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरेका हुुन ।

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केहीहदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया