शुक्रबार, वैशाख १४, २०८१

कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापनमा सकियो बैंकहरुको ११ अर्ब २६ करोड

नेपालखोज २०७७ कार्तिक ८ गते २०:११

काठमाडौं । कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापनको लागि मात्र बैक तथा फाईनान्स कम्पनीहरुले ११ अर्ब २६ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंककाअनुसार चालुु आर्थिक बर्षको दुुई महिना अर्थात भदौ मसान्तम्ममा २७ वटा वाणिज्य बैंक, १९ वटा बिकास बैंक र २१ वटा फाईनान्स कम्पनीहरुले उक्त रकम खर्च गरेका हुुन । यसरी खर्च भएको कुुल रकम मध्येमा बैंक तथा फाईनान्स कम्पनीहरुमा कार्यरत कर्मचारीको तलवको लागि मात्र छ अर्ब ८६ करोड २० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापनको लागि चार अर्ब ४० करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्र बैंककाअनुसार वाणिज्य बैंकहरुले मात्र चालुु आर्थिक बर्षको दुुई महिनामा कर्मचारीहरुको तलव भत्ता कार्यालय व्यवस्थापनको लागि नौ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च गरेकाछन । सो मध्ये कर्मचारीको तलव भत्तामा छ अर्ब छ करोड ७० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापनमा तीन अर्ब ८५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

बिकास बैकहरुले भने कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापन शिर्षकमा एक अर्ब छ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जसमध्ये कर्मचारीहरुको तलवमा ६२ करोड ९० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापन शिर्षकमा ४३ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी फाईनान्स कम्पनीहरुले भने कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापनमा जम्मा ३४ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् ।

उक्त खर्च मध्ये कर्मचारीहरुको तलव भत्तामा १६ करोड ६० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापन शिर्षकमा १७ करोड ७० लाख रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया