शुक्रबार, वैशाख १४, २०८१

प्रिमियर लिग : सेफिल्ड युनाइटेडमाथि लिभरपुलकाे जित

नेपालखोज २०७७ कार्तिक ९ गते ७:५६

एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलको लिभरपुल सेफिल्ड युनाइटेडमाथि २–१ ले विजयी भएको हो ।

लिभरपुलको जितका लागि रोर्बो फिर्मिनो र डिओगो जोटाले एक एक गोल गरे । सेफिल्डी पुनाइटेडका लागि सान्डर बेर्गेले एक गोल गरे । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोली सेफिल्ड युनाइटेडले लिएको थियो । खेलको १८औं मिनेटमा बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए ।

लिभरपुलका फाबिन्होले पेनाल्टी क्षेत्रमा गम्भीर ट्याकल गरेपछि सेफिल्ड युनाइटेडलाई भीआरको सहायताबाट रेफ्रीले पेनाल्टी दिएको थिए । उक्त पेनाल्टीलाई बेर्गेले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा लिभरपुलले बराबरी गोल फर्कायो । ४१औं मिनेटमा लिभरपुलमा फिर्मिनोले मानेको हेडर पासमा गोल गर्दै पहिला हाफमा खेल १(१ को बराबरीमा ल्याएका हुन् ।

त्यस्तै हाफमा लिभरपुलका लागि जोटाले थप एक गोल गरे । उनले खेलको चौथो मिनेटमा साडिओ मानेको पासमा गोल गरे । जोटाले निर्णायक गोल गर्दै लिभरपुललाई २(१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले ६ खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड युनाइटेड भने एक अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया