शुक्रबार, वैशाख १४, २०८१

आज काठमाडौं उपत्यकामा थपिए १५३५ जना कोरोना संक्रमित

नेपालखोज २०७७ कार्तिक ९ गते १७:०५

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकासहित देशभर २ हजार ८५६ जनामा संक्रमण भेटिएको हो।

काठमाडौं उपत्यकामा आइतबार ९०६ जना पुरुष र ६२९ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १९ हजार ८२६ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, ललितपुरमा २ हजार ४३० र भक्तपुरमा एक हजार ४९४ जना गरी उपत्यकामा २३ हजार ७५० जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया