राप्रपा अध्यक्ष थापा डिस्चार्ज
नेपालखोज
२०७७ कार्तिक ९ गते १८:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उनि आज घर फर्किएका हुन् ।
गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया