बिहीबार, वैशाख १३, २०८१

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका नलगाउने

नेपालखोज २०७७ कार्तिक १० गते ७:२४

काठमाडौं । यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाउने भएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको हो ।

त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखेका छैनन् । दसैंमा राष्ट्रपतिले पनि उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुख, मन्त्री, नेता, सर्वसाधारण लगायतलाई दसैंको टीका लगाइदिने गरेका थिए ।

जसको कतिपय पक्षबाट आलोचनासमेत हुने गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गत वर्ष तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका थिए ।

प्रतिक्रिया