शुक्रबार, वैशाख ७, २०८१

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ कार्तिक १० गते ९:४३

धरान । कोभिड–१९ संक्रमणमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा ६३ वर्षे पुरुष र ८३ वर्षे महिला रहेका छन् । मोरङ शनिस्चरे वडा ३ का पुरुषलाई असोज १ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

असोज ४ मा अस्पताल भर्ना भएका उनको हिजो राति १० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी सुनसरीको धरान वडा १६ की महिलामा हिजो मात्र कोभिड पुष्टि भएको थियो । उनको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया