बुधबार, वैशाख १२, २०८१

अछामका किसानले फलेको कोदोसँग चामल साट्ने कार्यक्रम गर्दै

नेपालखोज २०७७ कार्तिक १० गते १०:१६

अछाम । अछामको चौरपाटी गाउँपालिकाले कोदोसँग चामल साट्ने कार्यक्रम सुरु गर्दैछ । स्थानीय किसानहरुले आफूले उत्पादन गरेको कोदो गाउँपालिकालाई दिएर चामल लिन सक्ने छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि फलेको कोदोसँग चामल साट्ने र भटमास खरिदबिक्री सुरु गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशीले जानकारी दिए । यो कार्यक्रम आगामी मंसिर १ गतेदेखि १५ गतेसम्म सन्चालन हुने छ ।

कोदो र भटमास दिएर चामल लिन चाहनेहरुका लागि गाउँपालिकाले बिभिन्न शर्तहरुसमेत तोकेको छ । फलेको कोदो बराबर चामल साट्न पाइने छ । कोदो फलेको हुनुपर्ने छ । त्यसमा कुनै पनि प्रकारको मिसावट वा फोहर हुनु हुँदैन ।

कोदोसँग चामल साट्नका लागि चौरपाटी गाउँपालिका वडा नं. १ सिउडीको गैरिलेक सहकारी भवन र चौरपाटी गाउँपालिका ६ दुनीको चौखुट्टेको महिला सन्जाल भवनमा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया