मंगलबार, वैशाख ११, २०८१

प्युठानमा बाँदर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु

नेपालखोज २०७७ कार्तिक १० गते १७:५२

प्युठान । प्युठानको डामृमा बाँदर धपाउन हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ ।

आज बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफूले हानेर गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएका हुन् ।

प्रहरीले अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा गएका थिए ।

प्रतिक्रिया