शुक्रबार, वैशाख ७, २०८१

कोरोना अपडेट : आज एकैदिन तीन हजार १६८ जना डिस्चार्ज

नेपालखोज २०७७ कार्तिक ११ गते १६:३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न आइसोलेसनहरुबाट एकैदिन थप ३ हजार १ सय ६ हजार डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख १८ हजार ८४३ जना पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा थोरै ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख ६० हजार ४ सय पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ ।

नेपालमा आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन् भने दुई हजार ९३२ जना क्‍वारेन्टिनमा रहेका छन् । आइतबार देशभर दुई हजार ८५६ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ३३६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।

प्रतिक्रिया