मंगलबार, वैशाख ११, २०८१

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

नेपालखोज २०७७ कार्तिक ११ गते १९:१३

सिरहा । सिरहामा पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन्।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब सात सय मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए।

माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ।

पत्रकार चौधरीको निधन
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको आज मध्याह्न निधन भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पत्रकार चौधरीको निधन भएको परिवारजनले जनाएको छ।

सिरहा, सुखीपुर नगरपालिका-८ निवासी ३५ वर्षीय चौधरी केही दिनदेखि बिरामी थिए। उपचारकै क्रममा उनको निधन भएको सुखीपुरक पत्रकार रोयण्टर मण्डलले जानकारी दिए।

प्रतिक्रिया