शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा चिसो बढ्यो, आज बिहान यस वर्षकै कम तापक्रम मापन

नेपालखोज २०७७ कार्तिक १२ गते ७:५७

काठमाडौं । काठमाडौं उपत्यकामा केहि दिनदेखि निरन्तर चिसो बढि रहेको छ । उपत्यकाको तापक्रम आज बिहान यस वर्षकै कम मापन गरिएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको आज बिहानको तापक्रम झण्डै ४ डिग्रीले बढेको हो ।

आज दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यसैबीच आज पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने र अन्य ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया