शुक्रबार, चैत १६, २०८०

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत

नेपालखोज २०७७ कार्तिक १२ गते ८:१६


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) का संक्रमण भइ पछिल्लो समय निको हुनेको संख्या नेपालमा बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ ।

नेपालमा हालसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्मा मात्रै तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका थिए । हालसम्म प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

हिजो दुई हजार ७ सय २५ नमुना परीक्षण गर्दा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। कर्णाली र सुदूरपश्चिममा हिजो सङ्क्रमित भेटिएका छैनन् । दशैंका बेला स्वाब परीक्षण कम भएकाले नयाँ संक्रमित पनि थोरै भेटिएका हुन् । सुदूरपश्चिममा हालसम्म आठ हजार ४ सय ९१ सङ्क्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार ७२७ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै डोटीका एक हजार ९५, अछामका एक हजार ७८, कञ्चनपुरका ८९५ जना संक्रमित कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

उनका अनुसार बझाङका ४६० जना, बाजुराका ४५१, बैतडीका ४३८, डडेल्धुराका ३२९ र दार्चुलाका ७२ जना संक्रमित कोरोनामुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या ९ हजार २८६ छ।

संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६००, कञ्चनपुरमा एक हजार १७, डडेल्धुरामा ४१०, डोटीमा एक हजार ५२, बैतडी ४८०, दार्चुला २६१, बाजुरामा ४५९, बझाङमा ६२७ र अछाममा एक हजार १६१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। संक्रमण पुष्टि भएका २१ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया