शुक्रबार, चैत १६, २०८०

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन आजदेखि नियमित हुने

नेपालखोज २०७७ कार्तिक १२ गते ८:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पुनः सुरु हुने भएको छ ।

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसअघि नै बताइसकेका थिए ।

मन्त्रालयले दशैँ बिदाका समयमा कोभिड-१९ सम्बन्धि जानकारी सामाजिक सञ्जालबाट दिएको थियो । स्वास्थ्य मन्त्रालयले निरन्तर दुई सय ६० दिनदेखि कोभिड-१९ का बारेमा जानकारी नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट दिँदै आएको छ ।

प्रतिक्रिया