बिहीबार, वैशाख ६, २०८१

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

नेपालखोज २०७७ कार्तिक १२ गते ९:१६

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए ।

उनि प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया