शुक्रबार, वैशाख १४, २०८१

सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्दै

नेपालखोज २०७७ कार्तिक १२ गते १२:४०

काठमाडौं । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् ।

दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् ।

यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएको थिएन् । दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौसहित मुख्य सहरमा केही चहलपहल बढ्नेछ । दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

हिजो र अस्ति लगाउन नभ्याएका र टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।  

प्रतिक्रिया