बिहीबार, वैशाख १३, २०८१

आजबाट सबै टेलिभिजनमा आईपीएलको लाइभ

नेपालखोज २०७७ कार्तिक १२ गते १४:२२

काठमाडौं । आजदेखि सबै टेलिभिजन वितरकहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को लाइभ उपलब्ध गराउने भएका छन् ।

क्लिन फिड (विज्ञापन रहीत) नीति लागु भएसँगै गत शनिबारदेखि अवरुद्ध आईपीएलको लाइभ आजदेखि पुनः सुचारु हुने भएको हो । स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिनु भयो ।

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसमा नियमितको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुने आचार्यको भनाई छ ।

सबैभन्दा धेरै च्यानल भएको स्टार नेटवर्कले नेपालका लागि अन्य च्यानल समेत क्लिन फिडको रुपमा उपलब्ध गराउने तयारी थालेको छ । साथै जीटीभी र सोनीले समेत नेपालमा क्लिन फिड सहितको प्रसारण गर्ने प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया