शुक्रबार, वैशाख १४, २०८१

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको ८८ वर्षको उमेरमा निधन

नेपालखोज २०७७ कार्तिक १२ गते १४:२५

काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको गएराति काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनु भयो । मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।

मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नु भएको थियो ।

तनहुँमा जन्मिनु भएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गर्नु भएको थियो । उमेर हदका कारण उहाँले वि.सं. ०५२ सालमा प्रमुख सचिव पदबाट अवकास पाउनु भएको थियो ।
उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । विदेशमा रहेका छोरा नेपाल आएपछि उहाँकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा खनालको अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया