बिहीबार, चैत १५, २०८०

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७७ कार्तिक १२ गते १९:११

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रजातन्त्र सेनानी मुल्मीको यही कात्तिक ११ गते ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा ८५ वर्षका उमेरमा निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।

विसं २०१७ फागुन १५ गते तत्कालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा मुल्मीले करीब डेढ वर्ष कारागार जीवन व्यतीत गर्नुभएको पार्टीले जनाएको छ । मुल्मीले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो ।

उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया