शुक्रबार, वैशाख १४, २०८१

बेङ्गलोर पहिले ब्याटिङ गर्दै

नेपालखोज २०७७ कार्तिक १२ गते २०:०७

एजेन्सी । युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर प्रतिस्पर्धा गरिरहेका छन् ।

आबुधाबीको शेख जयेद स्टेडियममा भइरहेको खेलमा टस हारेको बेङ्गलोरले पहिले ब्याटिङ गरिरहेको छ । यो खेलमा पनि मुम्बईका नियमित कप्तान रोहित शर्माले खेलेका छैनन् । उनको ठाउँमा कायरन पोलार्डले कप्तानी सम्हालेका छन् ।

यो खेल जित्ने टिम प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । प्रतियोगितामा समान ११:११ खेल खेलेका मुम्बई र बेङ्गलोरको १४:१४ अङ्क छ ।

प्रतिक्रिया