बिहीबार, वैशाख १३, २०८१

हुवावेद्वारा Q3 २०२० को कारोबार नतिजा सार्वजनिक, ९.९५ प्रतिशतले वृद्धि

नेपालखोज २०७७ कार्तिक १३ गते १५:५५

हुवावेद्वारा Q3 २०२० को कारोबार नतिजा सार्वजनिकले २०२० को पहिलो तीन क्वाटरको कारोबारको नतिजा सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको राजस्व कमाई सीएनवाइ (CNY) ६७१.३ अर्ब रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९५ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको खुद नाफा ८.० प्रतिशत थियो । २०२० को पहिलो तीन क्वार्टरमा हुवावेको व्यावसायिक परिणामले अपेक्षित नतिजा देखाएको छ ।

विश्व कोभिड–१९ सँग लड्दै गर्दा हुवावेको ग्लोबल सप्लाई चेन गहन दबाबको अधीनमा छ र यसको उत्पादन र संचालनले महत्वपूर्ण चुनौतिहरूको सामना गर्दछ । कम्पनीले लगातार समाधान खोज्न, बाँच्न र अगाडि बढ्न, र ग्राहक र आपूर्तिकर्ताप्रति आफ्नो दायित्वहरू पूरा गर्न पूर्ण कोशिस गरिरहेको छ ।

अगाडि बढ्दै जाँदा ह्वावेले आईसीटी प्रविधिहरू जस्तै AI, क्लाउड (Cloud), 5G र कम्प्युटिङमा आफ्नो बल उपयोग गरी, परिदृश्यमा आधारित सोलुसनहरू प्रदान गर्न, उद्योग अनुप्रयोगहरू विकास गर्न प्रयास गर्ने छ र आफ्नो साझेदारहरूसँग 5G नेटवर्कको भ्यालुको लाभ उठाउनेछ । यसको घोषित लक्ष्य भनेको उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकार मार्फत घरेलु उद्योगको बृद्धि गर्न, घटकहरूलाई फाइदा पुर्‍याउन र समग्र शासन व्यवस्थामा सुधार गर्न मद्दत गर्नु हो ।

आईसीटी (ICT) आधुनिक समाजको आधारशिला र दिगो सामाजिक, आर्थिक र वातावरणीय विकासको मुख्य चालक बन्न पुगेको छ । ह्वावेलाई विश्वास छ कि आईसीटी उद्योग भित्र तीव्र र स्वस्थ विकास ग्लोबल उद्योगमा हुने खुला सहयोग र पारस्परिक विश्वासमा निर्भर गर्दछ, त्यसैले यो जटिल अवस्थाको बावजुद पनि ह्वावे आफ्नो वैश्विक साझेदारहरुसँग नजिकबाट कार्य गरिराख्ने छ र आफ्नो इनोभेटिव आईसीटी प्रविधिहरूको प्रयोगले ग्राहकहरुको लागि अझ ठूलो मूल्य सिर्जना गर्न जारी राख्नेछ । कम्पनीले महामारी प्रतीको कार्यहरु, आर्थिक वृद्धि, र सामाजिक प्रगति गर्न योगदान जारी राख्नेछ ।

यहाँ खुलासा गरिएको वित्तीय तथ्या्कहरु अडिट नगरिएको आंकडा हुन जुन अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिंग मापदण्डहरु पालना गरी सङ्कलन गरिएका हुन् । जसमा सेप्टेम्बर २०२० को अन्त्यमा विनिमय दरः US$1 = CNY6.8101 कायम गरिएको एक बाह्य एजेन्सीले जानकारी दिएको छ ।

हुवावे बारे : १९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हुवावेसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् । हुवावे १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

हुवावेको लक्ष्य भनेको संसारलाई हरेक मानिस, घर र संस्थालाई डिजिटल बनाई इन्टेलिजेन्ट विश्व बनाउने हो । यस उद्देश्यका लागि हामी सर्वव्यापी कनेक्टिभिटि ड्राइभ गर्नेछौं र नेटवर्कमा समान पहुँचको प्रचार गरेर उच्च कम्प्युटिंग पावर प्रदान गर्नको लागि पृथ्वीको चारै कुनामा क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स जतिबेला जहाँ कही पुर्याउनेछौैं प्लेटफार्म निर्माण गर्न सबै उद्योग र संगठनहरू अधिक फुर्तिलो, कुशल र गतिशील बन्न मद्दत गर्नेछौंस प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने विश्वास रहेको छ ।

हुवावे नेपाल बारेः ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि हुवावेले 2G/3G/4G टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्‍यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालू को जग निर्माण गर्‍यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले हुवावेको समाधानबाट फाइदा पाइरहेका छन् ।

स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्प पछि नेटवर्क पुनः सुधार गर्न मद्दत पर्‍याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पुर्‍याएको थियो । हुवावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत पर्‍याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा हुवावेले नेपाललाई अधिक प्रविधि जस्तै 5G, क्लाउड र AI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।

प्रतिक्रिया