शुक्रबार, वैशाख १४, २०८१

७ वाणिज्य बैंकको लाभांश प्रस्ताव, सानिमा बैंकको बुक क्लोज कार्तिक १७ गते तय

नेपालखोज २०७७ कार्तिक १३ गते १६:४४

काठमाडौं । हालसम्म ७ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेकोमा माछापुछ्रे बैंकले लाभांश र साधारणसभा प्रयोजनको लागि बुक क्लोज भैसकेको अवस्था छ । लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी ६ वाणिज्य बैंक रहेका छन् । ६ वाणिज्य बैंक मध्ये सानिमा बैंकको बुक क्लोज मिति यही कार्तिक १७ गते तय भएको छ र कार्तिक १६ गते सम्म कायम शेयरधनीले सानिमा बैंकको साधारण सभामा भाग लिन पाउनुको साथै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने छन् । बाँकी ५ वाणिज्य बैंकहरुले भने बुक क्लोज मिति तय गरेका छैनन्। ६ वाणिज्य बैंक मध्य एनआईसी एशिया बैंकले सर्वाधिक १९ प्रतिशत बोनश र १ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गरेका बैंकहरुको प्रस्तावित लाभांश र कम्पनीको हालको बजार मूल्यलाई आधार मान्दा कुमारी बैंकले प्रस्ताव गरेको लाभांशमा सर्वाधिक प्रतिफल देखिएको छ । कुमारी बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश र हालको बजार मूल्य २३९ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिद गर्दाको प्रतिफल ५ दशमलव ८६ प्रतिशत रहेको छ भने दोश्रोमा बैंक अफ काठमाडौंले १६ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा हालको बजार मूल्य २ सय ८७ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिद गर्दाको प्रतिफल ५ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया