शुक्रबार, चैत १६, २०८०

प्रदेश १ मा १३४ कोरोना सङ्क्रमित थप

नेपालखोज २०७७ कार्तिक १३ गते २१:२८

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने आज विभिन्न स्थानबाट ७० जना सहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जना सहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया